२०८३ बैशाख १८ गते , शुक्रबार
सरसफाईपछि देखिएको जिल्ला ट्राफिक र बिर्तामोड इलाकाको दृश्य
बिर्तामोड । युवाहरुको समूहले क्षतिग्रस्त जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी सरसफाई गरेका छन् ।
मंगलबार भएको तोडफोडबाट क्षतिग्रस्त भवनका कोठाहरुमा रहेका महत्वपूर्ण कागजात र कम्प्युटरका सामानहरु नेपाली सेनालाई जिम्मा लगाइएको छ । स्थानीय समाजसेवी, जेनजी समूह, बिर्तामोड ओपन क्रु, नेपाल स्काउट लगायत सरसफाईमा सहभागी भएका थिए । उनीहरुले भद्रपुर रोड, शनिश्चरे रोडसमेत सरसफाई गरेका छन् ।
युवाहरुले क्षतिग्रस्त भवनमा भएका सामानहरु चोरी हुनबाट बचाउनका लागि बारबेरसमेत गरिएको आयुष बस्नेतले बताए ।





