२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा नागरिक प्रहरी गठन गर्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २५ गते , बुधबार
बिर्तामोडमा नागरिक प्रहरी गठन गर्ने निर्णय

बिर्तामोड । विषम परिस्थितिमा सुरक्षाकर्मीको उपस्थिति कम हुने हुँदा चोरी, डकैतीजस्ता आपराधिक गतिविधि बढ्ने भएकाले सुरक्षाका लागि नागरिक प्रहरी गठन गर्ने निर्णय भएको छ । आफ्नो ठाउँ आफ्नै सुरक्षामा भन्ने नाराका साथ नागरिक प्रहरी गठन गरिएको हो ।
वर्तमान परिस्थितिको लाभ उठाउँदै चोरी डकैतीजस्ता आपराधिक गतिविधि बढ्न नदिन नागरिकस्तरबाट प्रहरी गठन गर्ने निर्णय भएको हो । नेपाली सेनासँग समन्वय गरी काम गर्ने घिमिरेले बताए ।
बिर्तामोडमा प्रारम्भिक चरणमा १ हजारको संख्यामा नागरिक प्रहरी गठन गर्ने निर्णय भएको यसको नेतृत्व गरिरहेका सन्तोष घिमिरेले जानकारी दिए । विमोचन पोख्रेल, खगेन्द्र महतो, आयुष बस्नेत, उमेश राजवंशी र तेजराज कोइराला यसका फोकल पर्सन रहने बताइएको छ । सुरक्षा निकायले पूर्ण रुपमा काम गर्ने अवस्था नबनुन्जेल सम्मका लागि अस्थायी सुरक्षा दिन नागरिक प्रहरी गठन गर्नु परेको उनीहरुले बताएका छन् । नेपालको नक्सासहितको  नागरिक प्रहरी लेखिएको भेष्ट लगाएर गस्ती गर्ने उनीहरुले बताए । आम नागरिकलाई नागरिक प्रहरीको रुपमा काम गर्न र टोल टोलमा नागरिक प्रहरी गरेर काम गर्न उनीहरुले आग्रह गरेका छन् ।




सम्बन्धित समाचार