२०८३ बैशाख १८ गते , शुक्रबार
बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत मिश्र पुरस्कृत
झापा । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका उपसचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट पुरस्कृत भएका छन् । निजामती सेवा दिवसको अवसरमा मिश्रलाई पुरस्कृत गरिएको हो।
आज काठमाडौंमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा देशैभरिमा उत्कृष्ट कर्मचारीको रुपमा १ लाख नगद पुरस्कारद्वारा उनलाई सम्मान गरिएको हो ।
सरकारले प्रत्येक वर्ष निजामती क्षेत्रका बिभिन्न उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । त्यस अन्तर्गत यसपटक १० जनालाई उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत गरिएको हो । त्यसैगरी ५० हजार राशिको निजामती पुरस्कारबाट ३० जना कर्मचारी पुरस्कृत भएका छन् ।