२०८३ बैशाख १८ गते , शुक्रबार

सुकिलुम्बामा तीन महिनादेखि उडान ठप्प

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २२ गते , आईतबार
सुकिलुम्बामा तीन महिनादेखि उडान ठप्प

इलाम इलाम नगरपालिका स्थित फाल्गुनन्दसुकिलुम्बा  विमानस्थलमा तीन महिनादेखि उडान ठप्प बनेको आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल तीन महिनादेखि जहाज उडानको पर्खाइमा

जिल्लाको पयर्टन अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्दसुकिलुम्बा विमानस्थल सुनसान बनेको विसं २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले पहिलो सफल परीक्षण उडान गरेको थियो यहाँका जनताले नियमित रुपमा जहाड उडानको आश गरेका थिए त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते सफल परीक्षण उडान गरेको थियो नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि चन्द्रगढी वा विराटनगर धाउन बाध्य छन्

यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन सुरुआतमा तारा एयरको जहाजले बुधबार शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो नगरपालिकाले इलामबाट काठमाडौं फर्कंदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ साल माघ गतेदेखि सोही तालिकामा इलामकाठमाडौँ उडान गरेको थियो तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए

पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्नेगरी तारा एयर नेपाल एयलायन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ, प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, ‘अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व व्यहोर्नुपर्ने छैन

जिल्लावासीले भने सो एयरपोर्ट नियमित सञ्चालन हुनुपर्ने माग राख्दै आएका छन्

सम्बन्धित समाचार