२०८३ बैशाख १८ गते , शुक्रबार

प्रहरी महानिरीक्षक खापुङले आजबाट जिम्मेवारी सम्हाल्दै

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १८ गते , बुधबार
प्रहरी महानिरीक्षक खापुङले आजबाट जिम्मेवारी सम्हाल्दै

झापा नेपाल प्रहरीका ३२औँ महानिरीक्षक बनेका चन्द्रकुबेर खापुङले आजबाट जिम्मेवारी सम्हाल्दैछन् ३१औँ आईजीपी दीपक थापाको विदाइसँगै खापुङले जिम्मेवारी सम्हाल्न लागेका हुन्

२०८१ चैत गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन् उनले आईजीपीका रुपमा महिनाभन्दा केही दिन बढी जिम्मेवारी सम्हाले

उनीसँगै एआईजी टेकबहादुर तामाङ सुदीप गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी आजै अवकासमा जाँदैछन् उनीहरु २०५२ भदौ १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएका थिए उनीहरुको अवकासपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुँदैछ

एआईजी कृष्णहरि शर्मा पोखरेल  गत साता उमेर हदका कारण अवकास भएका छन् अर्का एआईजी चन्द्रकुवेर खापुङ आजदेखि आईजीपी बन्दैछन् प्रधान कार्यालयस्थित अडिटोरियम हलमा आयोजना गरिने कार्यक्रममा अवकास हुने आईजीपी थापाले आफ्नो उत्तराधिकार नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङलाई हस्तान्तरण गर्दैछन्

सम्बन्धित समाचार