२०८३ बैशाख १८ गते , शुक्रबार

दशैँका लागि खसी बोका किन्न चाहनेका लागि अनलाइन बुकिङ खुल्ला

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १७ गते , मंगलबार
दशैँका लागि खसी बोका किन्न चाहनेका लागि अनलाइन बुकिङ खुल्ला

काठमाण्डौ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको

कम्पनीको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडेलले आज बिहानदेखि अनलाइन बुकिङ खुला गरिएको जानकारी दिए

अनलाइन बुकिङ ३० भदौसम्म जारी रहने उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसी, बोका वा च्याङ्ग्रा छनोट गर्न सक्नेछन् बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने पौडेलले जानकारी दिए

बुकिङका लागि उपभोक्ताले अग्रिम भुक्तानी गर्नुपर्ने च्याङ्ग्राका लागि एउटाको हजार रुपैयाँ खसी बोकाका लागि हजार रुपैयाँ अग्रिम शुल्क लाग्ने

पौडेलका अनुसार यो अग्रिम भुक्तानी हाललाई बुकिङ सुनिश्चित गर्नमात्र हो पशुको अन्तिम मूल्य भने तौलका आधारमा निर्धारण गरिने कम्पनीले २० देखि २५ किलो २५ देखि ३०, ३० देखि ३५ ३५ देखि ४० किलोसम्मका तौल समूहमा पशुहरू छनोट गर्ने विकल्प अनलाइनमा राखेको

अन्तिम बिक्री मूल्य कम्पनीको तत्कालीन बिक्री मूल्यमा तौल अनुसार तय गरिने भुक्तानी गरिएको अग्रिम रकम कुल बिलबाट घटाइने

बुकिङ गरिएका खसी, बोका च्याङ्ग्रा घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिने अनलाइन बुकिङ गर्दा नै उपभोक्ताले आफूलाई पायक पर्ने सहज हुने मिति छनोट गर्न सक्नेछन्

बुकिङ भुक्तानी प्रक्रिया पूरा भएपछि उपभोक्तालाई एसएमएस मार्फत एउटा कोड पशु बुझिलिन आउने मितिसहित जानकारी पठाइने

उपभोक्ताले सोही कोड निर्धारित मितिमा उपस्थित भएर कम्पनीको बिक्री केन्द्रबाट आफ्नो पशु बुझिलिन सक्ने उनले बताए

कम्पनीले यो वर्ष हजार खसीबोका च्याङ्ग्रा बिक्री गर्ने यस्तै कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० रुपैयाँ छुट दिइने जनाइएको

सम्बन्धित समाचार