२०८३ बैशाख १८ गते , शुक्रबार
दशैंमा नयाँ नोट नपाइने, सुकिला नोट भदौ २९ देखि पाइने
झापा । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो ।
भदौ २९ देखि असोज १० गतेसम्म कार्यालय समयमा सुकिला नोट सहटी गर्न सकिने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।