२०८३ बैशाख १८ गते , शुक्रबार

ड्रिमल्याण्डको पुलमा डुबेका प्रसाईले मापसे गरेको आशंका

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १४ गते , शनिबार
ड्रिमल्याण्डको पुलमा डुबेका प्रसाईले मापसे गरेको आशंका

बिर्तामोड शुक्रबार साँझ बिर्तामोड स्थित ड्रिमल्याण्ड पार्कको स्वीमिङ पुलमा डुबेर मृत्यु भएका प्रकाश प्रसाईले मादक पदार्थ सेवन गरेको आशंका गरिएको

बिर्तामोड निवासी ३३ बर्षीय व्यवसायी प्रसाई बिर्तामोड१० निवासी ३३ बर्षीय केशव शिवाकोटीसँग पार्क घुम्न गएका थिए पुलमा पौडी खेल्ने क्रममा डुबेका प्रसाईको मृत्यु भएको

प्रसाईको मृत्यु भएपछि प्रहरीले प्रसाईसँगै गएका शिवाकोटी पार्कका एक जना कर्मचारीलाई सोधपुछ गरेको प्रहरी स्रोतले बताएको सोधपुछको क्रममा मृतक प्रसाईले मादक पदार्थ सेवन गरेको बुझिएको प्रहरीले जनाएको

पार्कका कर्मचारीले अब गेट बन्द हुन लाग्यो भन्दै पटकसम्म प्रसाईलाई बाहिर निस्कनका लागि गेटसम्म पुर्याएका रहेछन्,’ ती प्रहरी अधिकारीले भने, ‘पटक पटक पार्क गइराख्ने प्रसाई हामी आइराख्ने मान्छे एकछिन खेल्छौँ भन्दै फेरी पुलमा गएका रहेछन् त्यस पछि ती कर्मचारी बाहिर निस्किएको सँगै गएका शिवाकोटीपनि गेट तर्फ गएका बखत प्रसाई डुबेको खुल्न आएको प्रहरीले जनाएको

प्रसाई ओमकार रेडिमिक्स कंक्रिट प्रालिका सञ्चालक हुन्

स्वमिङ पुलमा तालिम प्राप्त लाइफ गार्ड नहुँदा बेलाबेला मानिसको मृत्यु हुने गरेको केहि समय पहिले अर्जुनधारा मातामन्दिर नजिकै रहेको सीएम पुलमा डुबेर काठमाण्डौ१४ बस्ने ४० बर्षीय केशव पाठकको मृत्यु भएको थियो  

सम्बन्धित समाचार