२०८२ आश्विन २७ गते , सोमबार

नगद पुरस्कारसहित अन्तर डोजो कराँते च्याम्पियनसीप आयोजना हुँदै

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १३ गते , शुक्रबार
नगद पुरस्कारसहित अन्तर डोजो कराँते च्याम्पियनसीप आयोजना हुँदै

बिर्तामोड । झापाको बिर्तामोडस्थित भिक्ट्री मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एकेडेमीले पहिलो पटक अन्तर डोजो कराँते च्याम्पियनसीप आयोजना गर्ने भएको छ । भिक्ट्रीले आगामी भदौ २० गते बिर्तामोडमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
शुक्रवार बिर्तामोडस्थित भिक्ट्री मार्सल आर्ट्स एण्ड स्पोर्टस् एकेडेमीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे आयोजकले जानकारी दिएको हो ।
खेलकुदको विकास र युवा खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको भिक्ट्री मार्सल आर्ट्स एण्ड एकेडेमीका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार स्थानीय युवा खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने, कराँते खेलको विकास र प्रवर्द्धन गर्ने, युवाहरुलाई खेलकुदमा सहभागी गराउन प्रोत्साहन गर्ने, स्वस्थ्य जीवनशैलीको महत्वबारे जनचेतना फैलाउने लक्ष्य रहेको छ ।
प्रतियोगितामा १४ बर्षमुनिका ३५ केजीसम्म समुहका ६४ जना खेलाडीलाई सहभागीता जनाउने अध्यक्ष थापाले बताए । प्रतियोगिता डब्लुकेएफ र एनकेएफको नियम अनुसार खेलाइने थापाले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार, दोस्रो हुनेले नगद २५ हजार र तेस्रो र चौथो हुनेले नगद ११/११ हजार रुपैयाँसहित मेडल, शील्ड, ट्रफी र प्रमाणपत्रहरु प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगिता भिक्ट्री मार्सल आर्ट्स एण्ड एकेडेमीमा हुनेछ । प्रतियोगितामा सहभागिताका लागि सम्पूर्ण स्कूल, क्लब तथा एकेडेमीमा खेलिरहेका खेलाडीहरुलाई आयोजकले आह्वान गरेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता बिर्तामोड–४ वडा कार्यालय र अभिभावकहरुसहित खेलप्रेमीहरुको सहयोगमा सम्पन्न गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा बिर्तामोड–४ का वडा सदस्य केशव श्रेष्ठ, एकेडेमीका अर्का सञ्चालक मुकेश गजमेरलगायत अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार