२०८२ आश्विन २७ गते , सोमबार

विर्ता आयुर्वेदमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १३ गते , शुक्रबार
विर्ता आयुर्वेदमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले निःशुल्क  स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ८औँ बार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य शिबिर साथै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।
भाद्र १४ गते शनिबार (भोलि) हुने नि:शुल्क स्वास्थ्य शिबिरमा  फिजियोथेरापीमा २०प्रतिशत र ल्याबमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको सञ्चालक नर्वदा भट्टराईले जानकारी दिइन् ।
कार्यक्रममा काठमाण्डौबाट आउनुहुने डा. राजकुमार शाह र डाक्टर एमपिटि फिजियोथेरापिष्ट भगवान शाहद्वारा नि:शुल्क चेकजाँच गरिनेछ ।
शिविरमा कब्जियत, मासु पलाएको, पिनास, अनिन्द्रा, तनाव, एन्जाइटि  माइग्रेन, जन्डिस, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट, महिला पुरुष लका यौन समस्या, निसन्तानपन , छालाको एलर्जी, मृगौलाको पत्थरी, जण्डिस, लिभरको समस्या, छातिको दागजस्ता समस्याहरुको परीक्षण तथा उपचार हुने आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार