२०८३ बैशाख १८ गते , शुक्रबार
लिम्बू समुदायबाट दोस्रो प्रहरी महानिरीक्षक बने चन्द्रकुबेर खापुङ
बिर्तामोड । सरकारले नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको हो ।
लिम्बू समुदायबाट नेपाल प्रहरीको महानिरीक्षक बन्नेमा खापुङ दोस्रो भाग्यमानी व्यक्ति हुन् । यस अघि २०१० मंसिर देखि २०१२ भदौ सम्म ज्ञानबहादुर याक्थुम्बा प्रहरी महानिरीक्षक बनेका थिए ।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन् । उनले अहिलेका आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भरेका थिए ।
उनको पालामा पनि नयाँ प्रहरी ऐन जारी भए उनको सेवाअवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ । नभए उनी पनि ३० वर्षे सेवा अवधिका कारण आगामी कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन् ।