२०८३ बैशाख १८ गते , शुक्रबार

आशिका तामाङलाई ५ दिन कैद र पाँच सय जरिवाना हुने ठहर

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १२ गते , विहीबार
आशिका तामाङलाई ५ दिन कैद र पाँच सय जरिवाना हुने ठहर

काठमाण्डौ आफूलाई अभियान्ता बताउने आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले आपराधिक उपद्रव  सम्बन्धी कसुरमा दोषी ठहर गरेको

गत माघमा जिल्ला अदालत भक्तपुरमा दायर भएको मुद्दामा बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले फैसला गर्दै तामाङलाई दोषी ठहर गरेको हो जिल्ला अदालत भक्तपुरकी सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार कसुर ठहर भए पनि सजाय भने कम गरिएको

तामाङ अर्का प्रतिवादी शरण तिरुवालाई पाँच दिन कैद पाँच सय जरिवाना तोकिएको   उनीहरुलाई तीन वर्षकैद तीस हजार रुपैयाँ जरिवाना हुनुपर्ने अभियोग दाबी सरकारी वकिलको थियो

गत वर्ष असोज गते तामाङ तिरुवाले भक्तपुर काभ्रको सीमा पर्ने साँगास्थित झोलुङ्गे पुलमा वारपार गर्नेसँग २० रुपैयाँ लिएको भन्दै लफडा गरेकी थिइन्

त्यहाँ उनले कर सङ्कलन गर्ने रसिदसमेत तामाङले कर्मचारीबाट खोसेर जलाइदिएकी थिइन् भने होडिङबोर्ड च्यातेकी थिइन् 

उक्त कसुरमा उनी अनुसन्धानको क्रममा २४ दिन थुनामा बसेकी थिइन् भने २० हजार धरौटीमा रिहा भएकी थिइन्

सम्बन्धित समाचार