२०८३ बैशाख १८ गते , शुक्रबार

आज ऋषि पञ्चमी : जलाशयमा स्नान गर्ने नारीहरूको भीड

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १२ गते , विहीबार
आज ऋषि पञ्चमी : जलाशयमा स्नान गर्ने नारीहरूको भीड

झापा भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन्

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो खरानी लगाई स्नान गर्ने चलन कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाईऋषि पञ्चमी भन्ने गरिएको हो

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि

 

सम्बन्धित समाचार