२०८३ बैशाख १८ गते , शुक्रबार

बिरिङ पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १० गते , मंगलबार
बिरिङ पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु

बिर्तामोड । मङ्गलबार साँझ झापाको बिरिङ पुलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साँझ ८:४० बजे
पिकअप र मारुति भेन आपसमा ठोक्किएर दुर्घटना हुँदा भेन चालकको मृत्यु भएको हो।
सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र बिपरित दिशाबाट जाँदै गरेको मे १ च ३४४० नं. को मारुती भेन एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मारुती भेन चालक  घाईते भएको र उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याईएकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ । मृतकको पर्समा फेला परेको मतदाता परिचय पत्रमा शिवसताक्षी-७ बस्ने वर्ष २९ को नवराज बास्कोटा लेखिए पनि उनको पहिचान गर्ने काम भैरहेको प्रहरीले जनाएको छ ।
सोही भेनमा सवार झापा शिवसताक्षी-७ बस्ने बर्ष ४० को पृथ्बीनाथ साहको शरीरको बिभिन्न भागमा चोट, निजकै श्रीमती बर्ष ३७ की पुनमदेबी साहको अनुहारमा चोट, निजकै छोरा बर्ष १४ को प्रसन्न साहको दाहिने खुट्टामा चोट, निजकै छोरी बर्ष ९ की प्रिन्सा साहको नाक र दाहिने खुट्टामा चोट लागि बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भई रहेको र तत्काल चारै जना घाईहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मारुती भेन, पिकअप र पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका ८ बस्ने बर्ष २४ को सुमन पौडेललाई इप्रका अनारमनीबाट प्रहरी टोली खटि गई नियन्त्रणमा लिई इप्रका अनारमनी ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार