२०८३ बैशाख १८ गते , शुक्रबार

तीजलाई सामाजिक सशक्तिकरणको रुपमा लिनु पर्दछ : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १० गते , मंगलबार
तीजलाई सामाजिक सशक्तिकरणको रुपमा लिनु पर्दछ : प्रचण्ड

काठमाण्डौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तीज पर्वलाई लैङ्गिक समानता सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन्

हिन्दु धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य दीर्घ जीवनको कामना पनि गरेका छन्

उनले भनेका छन्– ‘नेपाली महिलाहरूले परापूर्वकालदेखि सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको तीजको मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता सामाजिक सशक्तीकरणको अवसरका रूपमा समेत लिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु

सम्बन्धित समाचार