२०८३ बैशाख १८ गते , शुक्रबार

बालबालिकाको अवैध ओसारपसारमा संलग्न भएको आशंकामा उपसभामुख रानामाथि अनुसन्धान सुरु

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ९ गते , सोमबार
बालबालिकाको अवैध ओसारपसारमा संलग्न भएको आशंकामा उपसभामुख रानामाथि अनुसन्धान सुरु

झापा नेपाल प्रहरीले उपसभामुख इन्दिरा राना जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी घटनाको अनुसन्धान सुरू गरिएको

उपसभामुख इन्दिरा राना कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्था अवैधरूपमा बालबालिका ओसारपसारमा संलग्न रहेको एक सरकारी प्रतिवेदन सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको

सार्वजनिक सरोकारको विषय पनि भएको हुँदा यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न दोषी पहिचान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिइएको , केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए

भदौ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख रानासम्वद्ध संस्था पिए नेपालको संलग्नता रहेको दाबी गरेका थिए भट्टराईको दाबीलाई पुष्टि गर्दै पत्रकार सुमन ढुंगानाले सोही दिनउक्त घटनाको समाचार संकलन गर्दा आफू कार्यरत टेलिभिजनबाट जागिर खोसिएको सोसम्बन्धी रिपोर्ट लुकाइएको भन्दै लेख लेखेका थिए

प्रहरी अनुसन्धानका क्रममा पत्रकार ढुंगानासँग उपलब्ध प्रमाणसहित अन्य प्रमाण संकलन भइरहेको सीआईबी स्रोतले बतायो

२०७२ साल कात्तिक १७ गते सिफलस्थित बाल संगठनको बालगृहबाट पाँच बालबालिका हराएका थिए उनीहरू कहाँ गए भन्ने खोजी तीव्र भएको थियो २०७२ माघ १८ गते बालगृहका एक कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा पीए नेपालसँग सम्बन्धित व्यक्तिहरुले ती बालबालिकालाई जबरजस्ती लिएर गएको बयान दिएका थिए उक्त संस्थाको कार्यकारी निर्देशक राना थिइन्

चौतर्फी चासोको विषय बनेपछि सरकारले उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जाँचबुझ आयोग गठन भएको थियो उक्त आयोगले पिए नेपाल त्यसकी कार्यकारी निर्देशक रानाको संलग्नता पुष्टि गर्दै प्रतिवेदन पेश गरेको थियो सांसद भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गरेका थिए

सीआईबीकै मातहतमा रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले उक्त घटनाका अन्य प्रमाण संकलन गरिरहेको स्रोतले जनाएको घटनामा उपसभामुख राना एक्लै संलग्न नभएर संगठितरूपमा त्यस्तो कार्य भएको प्रहरीको प्रारम्भिक निष्कर्ष मानव बेचबिखनसँगै संगठित अपराधसम्बन्धी मुद्दा आकर्षित हुने स्रोतले जनायो

सम्बन्धित समाचार