२०८३ बैशाख १८ गते , शुक्रबार

चुनाव ताकाको रिसिबीका कारण वडाध्यक्ष सेन्दाङमाथि सांघातिक आक्रमण

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ८ गते , आईतबार
चुनाव ताकाको रिसिबीका कारण वडाध्यक्ष सेन्दाङमाथि सांघातिक आक्रमण

बिर्तामोड । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य टेकेन्द्र सेन्दाङमाथि सांघातिक आक्रमण भएको छ । पुरानो रिसिबीका कारण तरुण दलका कार्यकर्ताहरुले उनीमाथि आक्रमण भएको बताइएको छ ।
४२ वर्षीय सेन्दाङलाई हिजो साँझ ६:२० बजे फुङलिङ–४ तोक्मेडाँडामा फुङलिङ बस्ने बर्ष १६/१७ का मिथुन पालुङवा लिम्बू, मन्दीप लिम्बू, हेम आङबुहाङ, बिशाल तामाङ लगायत १०/१२ जना युवाहरुको समूहले आक्रमण गरेका थिए । उनीहरु अहिले फरार छन् ।
आज बिहान ६:५५ बजे घाइते वडाध्यक्ष सेन्दाङलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई भर्ना गरिएको छ । उनको टाउकोको पछाडिको भागमा चोट लागेको छ भने घाँटी र घुँडा सामान्य पिल्सिएको छ ।
गत २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष टेकेन्द्र सेन्दाङको समूहले चुनावी प्रचार प्रसारको दौरानमा मन्दीप लिम्बूलाई कुटपिट गरेका थिए । सोही पुरानो रिसिबीका कारण सेन्दाङमाथि मन्दीपलगायतले आक्रमण गरेको बताइएको छ । ती युवाहरु कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम निकट हुन् । उनीहरु नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल आवद्ध रहेको बुझिएको छ ।

सम्बन्धित समाचार