२०८३ बैशाख १८ गते , शुक्रबार

लिजामा कनकाई पहिलो, कचनकवल अन्तिम

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ७ गते , शनिबार
लिजामा कनकाई पहिलो, कचनकवल अन्तिम

बिर्तामोड झापाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा कनकाई नगरपालिका पहिलो भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार प्रकाशन गरेको नतिजाअनुसार आर्थिक बर्ष २०८१/८२ मा कनकाई नगरपालिका पहिलो बनेको हो

उक्त मुल्याङ्कनका लागि मन्त्रालयले विभिन्न ११ वटा सूचक तोकेको थियो शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन सहकार्य तथा समन्वय शिर्षकमा अंकभार तोकेर मूल्याङ्कन गर्ने गरिएको

मन्त्रालयको नतिजाअनुसार कनकाईले ८६ अंक प्राप्त गरि प्रथम भएको हो त्यस्तै दमक ८३.२५ अंकसहित दोस्रो ८१.५० अंकसहित भद्रपुर तेस्रो भएको

त्यस्तै मेचीनगरर बिर्तामोडले समान अंक ७५.५० प्राप्त गरेको शिवसताक्षीले ७५, कमल गौरादहले समान अंक ७४.५०, बुद्धशान्तिले ७३.५०, बाह्रदशीले ७१.७५, झापा गाउँपालिकाले ७०.५०, गौरादहले ६८.७५, हल्दिबारीले ६८.२५ अर्जुनधाराले ६५.७५ अंक ल्याएका छन्

कचनकवलले ६४.५० अंक ल्याएर अन्तिम बनेको   

 

सम्बन्धित समाचार