२०८३ बैशाख १८ गते , शुक्रबार
घाग्रा पुलको उद्घाटन
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ र कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुलको आज उद्घाटन गरिएको छ । एक संक्षिप्त कार्यक्रमका बीच कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले पुलको उद्घाटन गरेका हुन् ।

२८ मिटर लामो उक्त ट्रसको पुल ४० लाख २२ हजार ६३ रुपैयाँ ७२ पैसाको लागतमा निर्माण गरिएको हो । जसमा उपभोक्ताको तर्फबाट ८० हजार ४ सय ४१ रुपैयाँ २७ पैसा जनश्रमदान र पूर्वाधार विकास कार्यालयको ३९ लाख ४१ हजार ६ सय २२ रुपैयाँ ३५ पैसा लगानी भएको बताइएको छ ।
यस पुलबाट प्रत्यक्षरुपमा २ सय ६६ घर लाभान्वित हुनेछन् । पुल निर्माणमा सहारा नेपालको समेत सामाजिक तथा प्राविधिक सहयोग रहेको जनाईएको छ ।