२०८३ बैशाख १८ गते , शुक्रबार

माछा मार्ने क्रममा मृत्यु हुने क्रम बढ्यो, शनिबार एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ७ गते , शनिबार
माछा मार्ने क्रममा मृत्यु हुने क्रम बढ्यो, शनिबार एक जनाको मृत्यु

बिर्तामोड पछिल्लो समय करेन्ट लगाएर माछा मार्दा मानिसको मृत्यु हुने क्रम बढ्दै गएको माछा मार्न लगाएको करेन्ट लागेर झापामा तीन हप्तामा तीन जनाको मृत्यु भएको हो

शनिबार बिहान अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका वडा नम्बर स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय ३७ बर्षीय पंकज माझीको मृत्यु भएको माझीले विजुलीको पोलबाट तार तानी करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको

घटनाको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

गत बुधबार माछा मार्ने क्रममा कमल गाउँपालिकास्थित ढ्याङ्ग्रे खोलामा करेन्ट लागेर २१ बर्षीय उज्वल राईको मृत्यु भएको थियो भने साउन २५ गते हल्दिबारीमा संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर का बर्ष अन्दाजी ३१ का रामकुमार अधिकारीको मृत्यु भएको थियो

सम्बन्धित समाचार