२०८३ बैशाख १८ गते , शुक्रबार
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
बिर्तामोड । झापाको कमल गाउँपालिकामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका ३ स्थित ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको हो ।
बुधबार दिउँसो अन्दाजी २ बजे करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि लडेको अवस्थामा आफन्तले राईलाई फेला पारेका थिए। प्रहरी चौकी केर्खाको टोलीले उपचारका निमित्त उनलाई लाईफ लाइन अस्पताल दमक पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यस अघि साउन २५ गते हल्दिबारीमा माछा करेन्ट लगाएर माछा मार्ने संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नम्बर २ का बर्ष अन्दाजी ३१ का रामकुमार अधिकारीको मृत्यु भएको थियो ।