२०८३ बैशाख १८ गते , शुक्रबार

भारतीय स्कर्पियोको ठक्करबाट एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ३ गते , मंगलबार
भारतीय स्कर्पियोको ठक्करबाट एक जनाको मृत्यु

बिर्तामोड । झापाको बुद्धशान्तिमा भारतीय सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ बर्ने स्थित मेची लोकमार्गमा मङ्गलबार भएको दुर्घटनामा परि बुद्धशान्ति १ का ४६ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको हो ।
मङ्गलबार दिउँसो अन्दाजी ३:३० बजे बुधबारे तर्फ आउँदै गरेको बिआर ५५८५०० नम्बरको भारतीय स्कर्पियोले विपरीत दिशाबाट जाँदै गरेको प्र.१-०१-०१६ प.३६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक ४६ वर्षीय अधिकारीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा ५४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्कर्पियो, मोटरसाइकल र स्करपियो चालक रौतहट बृन्दावन नगरपालिका-२ बस्ने ३४ वर्षीय प्रमोद पटेललाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार