२०८३ बैशाख १८ गते , शुक्रबार

कनकाईमा विद्युतीय शवदाह गृह सञ्चालनको अन्तिम तयारी

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १ गते , आईतबार
कनकाईमा विद्युतीय शवदाह गृह सञ्चालनको अन्तिम तयारी

सुरुङ्गा झापाको कनकाई नगरपालिका स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको   कोशी प्रदेश सरकार, कनकाई नगरपालिका विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो

विद्युतीय शवदाह गृहका लागि कोशी प्रदेश सरकारले दुई करोड, कनकाई नगरपालिकाले २० लाख विभिन्न दाताले १० लाख रुपैँया सहयोग गरेका थिए

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ,’ उनले भने, ‘एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको

कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए

गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनले बताए विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताए दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उनले बताए

निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा समयको बचत हुने भने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको

सम्बन्धित समाचार