सिन्धुपाल्चोकका लागूऔषध कारोबारी झापामा पक्राउ
बिर्तामोड । प्रहरीले लागूऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले शनिबार दिउँसो काँकरभिट्टा स्थित निवासी रामहरी सिलवाल र बर्ष २३ को सुरेन्द्र सिलवाललाई लागूऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।
शनिबार दिउँसो १२:४५ बजे मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेचीपुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ सिटि सफारीमा आउदैं गरेको जिल्ला सिन्धुपाल्चोक जुगल गाउपालिका वडा नं. २ बस्ने बर्ष २४ को रामहरी सिलवाल र सोही ठाउँ बस्ने बर्ष २३ को सुरेन्द्र सिलवाललाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन २८ ग्राम ६९० मिलिग्राम फेला परेकोले उक्त लागुऔषध सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
देशका विभिन्न स्थानबाट आउने लागूऔषध कारोबारीले भारतीय बजार पानी ट्याङ्कीबाट खरिद गरी लागूऔषध काँकरभिट्टा नाका हुँदै नेपाल भित्र्याउने गरेका छन् ।