२०८३ बैशाख १८ गते , शुक्रबार

रविलाई नख्खु कारागारको छुट्टै कोठामा राखिने

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ३१ गते , शनिबार
रविलाई नख्खु कारागारको छुट्टै कोठामा राखिने

काठमाण्डौ । सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गरेर नख्खु कारागारमा ल्याएपछि छुट्टै कोठामा राखिने तयारी हुँदै छ ।
कारागार स्रोतका अनुसार शनिबार दिउँसो तीन बजेपछि बुद्ध एयरको जहाजबाट ललितपुरस्थित नख्खु कारागारमा लामिछानेलाई ल्याउन लागिएको हो ।
नख्खु कारागारले लामिछानेका लागि छुट्टै कोठाको समेत व्यवस्था गरेको छ । ‘आजका लागि हामीले सिआसी ब्लकमा छुट्टै कोठामा उहाँलाई राख्ने तयारी गर्दै छौँ,’ नख्खु कारागारका प्रशासक भीमराज निरौलाले भने, ‘उहाँका लागि भनेर त्यस्तो छुट्टै केही व्यवस्था भने हुने छैन । अरू जसरी नै उहाँलाई राखिने छ । आज छुट्टै कोठामा राख्ने छौँ । त्यसपछि बाँकी व्यवस्थापन हुँदै जानेछ ।’
कारागार स्थानान्तरण माग गर्दै लामिछानेले गत जेठमा निवेदन दिएका थिए । अदालतले पनि कारागार सरुवाका लागि अनुमति दिएको थियो । उनको मागबमोजिम कारागार स्थानान्तरण नगरी भैरहवामै राखिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त डा. लिली थापाले गत साता कारागार निरीक्षण गरेकी थिइन् । त्यस क्रममा भैरहवास्थित रुपन्देही जिल्ला कारागारको ब्लक नम्बर ४ मा रहेका लामिछानेले अदालतले अनुमति प्रदान गरिसकेको अवस्थामा पनि आफूलाई कारागार सरुवा नगरिएकोमा दुखेसो सुनाएका थिए ।

सम्बन्धित समाचार