२०८३ बैशाख १८ गते , शुक्रबार

रवि लामिछानेलाई नख्खु कारागार सारिँदै

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ३१ गते , शनिबार
रवि लामिछानेलाई नख्खु कारागार सारिँदै

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाण्डौ ल्याउन लागिएको छ ।
उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिने भएको छ । हिजोमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो ।
सोही अनुसार, उनलाई आजै काठमाण्डौ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लैजान लागिएको हो ।
सोही अनुसार, उनलाई आजै काठमाण्डौ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लान लागिएको हो ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी उनलाई लिन कारागार पुगेको छ । अब केहीबेरमा उनी जहाज हुँदै काठमाण्डौ आउनेछन् ।
दिउँसो ३ बजेर १० मिनेटमा उनलाई बुद्ध एयरमार्फत काठमाण्डौ ल्याउन लागिएको हो ।
रविले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याउन लागेको हो । यस अघि भैरहवा कारागारमा उनलाई आधारभूत सुविधा समेत उपलब्ध नगराएको भन्ने समाचार प्रकाशन भए पछि सरकारको चौतर्फी आलोचना भएको थियो । 

सम्बन्धित समाचार