२०८३ बैशाख १८ गते , शुक्रबार

कन्चनजंघा स्कुलका सञ्चालक गुरुभक्त न्यौपानेको निधन

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ३० गते , शुक्रबार
कन्चनजंघा स्कुलका सञ्चालक गुरुभक्त न्यौपानेको निधन

बिर्तामोड । बिर्तामोडका शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ ।
कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको आज बिहान ७.४० बजे निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेका थिए । बीएण्डसी अस्पतालमा भर्ना गरिएका न्यौपानेलाई हिजो घर ल्याइएको थियो । विभिन्न शिक्षण संस्थामा अध्यापन गरेका न्यौपानेले शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएका छन् ।
उनी दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विराट ज्योति अंग्रेजी माविका संस्थापक प्रिन्सिपल रहेका थिए । उनले जिल्लाका विभिन्न विद्यालयमा छात्रवृतिका अक्षय कोष स्थापना गरिदिएका थिए ।

सम्बन्धित समाचार