२०८३ बैशाख १८ गते , शुक्रबार

बन्दीगृहमा तीज कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २९ गते , विहीबार
बन्दीगृहमा तीज कार्यक्रम सम्पन्न

चन्द्रगढी ।  झापाको भद्रपुरस्थित बन्दीगृहमा रहेका महिलाहरूलाई एक कार्यक्रमका बीच तीजको दर खुवाएर कपडा बितरण गरिएको छ ।
इनरह्वील क्लब बिर्तामोड मिडटाउनको आयोजना र एबिसी नेपाल झापा शाखाको सहआयोजनामा बुधबार  सम्पन्न तीज मिलन कार्यक्रमका बीच भद्रपुरस्थित बन्दीगृहमा रहेका ७५ जना महिलालाई दर खुवाएर कपडा बितरण गरिएको हो ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच एकथान सिलाइ मेसिन, १ थान वालफेन, ७५ पिस साडी, तीनहजार पीस सेनेटरी प्याड, ५० मिटर थान कपडा, किताबसहित ५० हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको एबिसी नेपाल झापाका अध्यक्ष कन्चना ढकाल सिटौलाले जानकारी दिइन् ।
इनरह्वील क्लब बिर्तामोड मिडटाउनका अध्यक्ष लुना बस्नेत शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पोखरेल, सहायक प्रजिअ निरौला, कारागार प्रमुख बिनोद आचार्य, एकल महिला समूह झापाका अध्यक्ष रेखा अधिकारी, बन्दी गृहका आन्तरिक प्रशासन प्रमुख रिता राई लगायतले इनरह्वील क्लब र एबिसी नेपालको सत्कार्यको प्रसंशा गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष बस्नेत र एबिसी नेपालकी अध्यक्ष सिटौलाले पुजा कलेक्सनकी पुजा अग्रवाल, मुनमुन अग्रवाल, रिचा अग्रवाल, रेनु शर्मा, बिपिन बस्नेतले गर्नुभएको सहयोगप्रति आभार ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार