२०८३ बैशाख १८ गते , शुक्रबार

दमकको बालुवाटार जग्गामा भ्रष्टाचार भएको ठहर

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २८ गते , बुधबार
दमकको बालुवाटार जग्गामा भ्रष्टाचार भएको ठहर

झापा विशेष अदालतले झापाको दमकमा सरकारी तथा सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको भ्रष्टाचार मुद्दामा जना सरकारी कर्मचारी एक जनालाई मतियारका रूपमा दोषी ठहर गरेको

अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूलाई कैद जरिवानाको फैसला सुनाएको भने अनियमितता भएका सबै जग्गा जफत गरी नेपाल सरकारको नाममा कायम गर्न आदेश दिएको

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठ रितेन्द्र थापाको इजलासले बुधबार फैसला सुनाएको हो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुनमा झापाको दमक नगरपालिकास्थित साविक दमक ६ (ग) का विभिन्न कित्ताका सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो

फैसला अनुसार, २०२१ सालको नापीमा सरकारी, सार्वजनिक (पर्ती, झाडी, खोला सडक) कायम भएका जग्गालाई पुनः नापीको क्रममा बदनियतपूर्वक विभिन्न व्यक्तिका नाममा दर्ता गराइएको प्रमाणित भएको

यस्तो सजाय जरिवाना

अदालतले भ्रष्टाचारमा संलग्न नापी कार्यालयका तत्कालीन कर्मचारीलाई कसुरको मात्रा अनुसार फरकफरक सजाय सुनाएको फैसलामा उल्लेख भएअनुसार रेवतराज पुरीलाई एक वर्ष कैद २० लाख रुपैयाँ,  सर्वेक्षक सिताराम यादवलाई एक वर्ष कैद १८ लाख ७४ हजार ३९८ रुपैयाँ जरिवाना, सर्वेक्षक विन्देश्वर पञ्जियारलाई एक वर्ष कैद १८ लाख नौ हजार ९५८ रुपैयाँ जरिवाना, सर्वेक्षक गणेशकुमार धिमाल लाई एक वर्ष कैद लाख ८३ हजार ८१२ रुपैयाँ जरिवानाको फैसला गरेको

यस्तै नापी अधिकृत रामदेव मण्डल धानुकलाई महिना कैद लाख ६५ हजार ५५४ रुपैयाँ जरिवाना, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठलाई महिना कैद लाख १६ हजार ७७१ रुपैयाँ जरिवाना, अमिन ललितकुमार मण्डललाई तीन महिना कैद ५८ हजार ७२५ रुपैयाँ जरिवाना, सर्वेक्षक रामकुमार दासलाई तीन महिना कैद लाख हजार ९७९ रुपैयाँ जरिवाना सर्वेक्षक बिष्णुदेव यादवलाई तीन महिना कैद १८ हजार ३४४ रुपैयाँ जरिवानाको फैसला गरेको

मुद्दाका मुख्य अभियुक्तमध्ये एक, तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झाको मृत्यु भइसकेकाले उनीमाथिको अभियोग खारेज भएको

 

सम्बन्धित समाचार