२०८३ बैशाख १८ गते , शुक्रबार

एकै दिन लायन्सका ६ वटा क्लबको पदस्थापन

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २७ गते , मंगलबार
एकै दिन लायन्सका ६ वटा क्लबको पदस्थापन

बिर्तामोड झापामा लायन्सका वटा क्लबको एकै दिन पदस्थापन सम्पन्न भएको मंगलबार बिर्तामोडमा संयुक्त पदस्थापन कार्यक्रम आयोजना गरिएको हो ।

लायन्स क्लब अफ मेचीनगर, लायन्स क्लब अफ धाइजनचारआली, लायन्स क्लब अफ भद्रपुर, लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ बिर्तामोड लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको संयुक्त रुपमा पदस्थापन गरिएको बिर्तामोडको सीपी होटलमा पदस्थापन तथा नयाँ सदस्यता वितरण सम्पन्न भएको हो

बर्ष २०२४/२५ का अध्यक्षहरुले बर्ष २०२५/२६ अध्यक्षहरुलाई पोलार पहिर्याएर पद हस्तान्तरण गरेका थिए

लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष उत्तम राजवंशीले उर्मिला गौतमलाई, मेचीनगरका अध्यक्ष दिनेश पोख्रेलले दिपक कार्कीलाई, धाइजनचारआलीका अध्यक्ष टिकाराम रिजालले सुमन चिमरियालाई, अनारमनीकी अध्यक्ष शर्मिला जोशीले सरोज खरेललाई बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष मञ्जु उप्रेतीले यशोदा पौडेल उप्रेतीलाई पद हस्तान्तरण गरे

त्यस्तै लायन्सका विभिन्न क्लबमा आबद्ध नयाँ सदस्य तथा लियो क्लबमा आबद्ध सदस्यहरुलाई सदस्य भएको घोषणा समेत गरिएको थियो

कार्यक्रममा लायन्स क्लबका डिस्ट्रीक्ट गभर्नर बबरजंग थापाले नयाँ सदस्यहरुलाई जिम्मेवारीका बारेमा सम्झाउनुका साथै स्वागत गरेका थिए भने विभिन्न क्लबका अध्यक्षहरुलाई जिम्मेवार भएर समाजसेवामा लाग्न आग्रह गरेका थिए

कार्यक्रममा विभिन्न क्लबका निवर्तमान अध्यक्षहरु उत्तम राजवंशी, दिनेश पोख्रेल, टिकाराम रिजाल, शर्मिला जोशी मञ्जु उप्रेतीले आफ्नो कार्यकालमा सहयोग गर्ने समितिका सदस्यहरु तथा निवर्तमान डिस्ट्रीक्ट गभर्नरलाई धन्यवाद दिनुका साथै नयाँ अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए

कार्यक्रममा सहभागीहरुलाई रिजन वान चेयर पर्सन पार्वता गिरीले स्वागत गरेकी थिइन् भने पहिलो सेसन क्याबिनेट अफिसर शैलेन्द्र कुरुम्बाङ र दोस्रो सेसन धाइजन चारआलीका तेस्रो उपाध्यक्ष उत्तमप्रसाद पकुवालले सञ्चालन गरेका थिए

 

 

 

सम्बन्धित समाचार