२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सवको आयोजना

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २७ गते , मंगलबार
बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सवको आयोजना

बिर्तामोड श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापाको बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरिँदैछ आगामी साउन ३१ गते श्री राधा माधव भजनस्थलीले झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरेको हो

मंगलवार झापाको बिर्तामोडस्थित अग्रसेन भवन परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको तयारीका बिषयमा जानकारी गराइएको भक्ति शिद्धान्तदास ब्रम्हाचारी, शिद्ध स्वरुप दास ब्रम्हाचारी, मनः शिक्षा दास ब्रम्हाचारी, शान्तिदाता माधव दास, विनी माताजी लगायतले आयोजना गर्न लागिएको श्रीकृष्ण जन्माष्टमी महाउत्सवका विषयमा जानकारी गराएका थिए

हिन्दू धर्मावलम्बीहरुलाई भागवत गीता श्रीमद् भागवत महापुराणका विषयमा समाजमा प्रचार प्रसार गर्ने उद्धेश्यलेहरे कृष्ण मोमेन्ट अभियान सञ्चालन गरिएको श्री राधा माधव भजनस्थलीका अध्यक्ष समेत रहेका भक्ति सिद्धान्त दास ब्रम्हचारीले जानकारी दिए

भगवान श्रीकृष्ण गुरुको प्रशन्नता, सनातन धर्मको रक्षा प्रवर्धन, युवालाई सनातन संस्कृति अध्यात्मसँग जोड्नु, हरे कृष्ण महामन्त्रको प्रचार गर्नु, सबैलाई कृष्ण सेवामा लाग्न प्रेरणा दिने उद्देश्यले हरे कृष्ण अभियान सञ्चालन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो

श्रीकृष्ण जन्माष्टमीको अवसरमा साउन ३१ गते विहान ७ः३० बजेदेखि विशेष कार्यक्रम हुने जनाइएको जस अन्तरगत दर्शन आरती गुरु पूजा, कृष्ण कथा , विश्व शान्ति महायज्ञ, भजन कीर्तन, कृष्ण कथा , भजन कीर्तन, हरे कृष्ण वृत्र् चित्र, वालवालिकाको सांस्कृतिक कार्यक्रम ,कृष्ण कथा  , ब्रम्हाचारी भक्तको नाट्य प्रस्तुति, आरती कीर्तन, कृष्ण कथा , महाभिषेक५६ भोग अर्पण राति १२ बजे कृष्ण जन्मेको अवसर पारेर महाआरती कीर्तन गरिने आयोजक समितिले जनाएको

कार्यक्रमको अवसर पारेर सो दिन निःशुल्क रुपमा महाप्रसाद वितरण गरिने भने पाँच हजार भन्दा बढी भक्त जनलाई महाप्रसाद बितरण गरिने जनाइएको

महाउत्सवमा झापाका विभिन्न ठाउँसहित भारतको सिलिगुढी तथा विहारबाट समेत दशौं हजार भक्तजनको उपस्थिति रहने आयोजकको अनुमान

कार्यक्रमको अवसर पारेर साउन ३१ गते साँझ ७ः३० बजेदेखि सुप्रशिद्ध भजन गायक राजु अधिकारी रोशन अधिकारीसहितको टिमले कार्यक्रममा भजन कीर्तन लगायतका सांगीतीक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको

बालाजी मन्दिर बिर्तामोड ले आयोजना गर्ने श्रीकृष्ण रथ यात्रामा समेत सहभागीता जनाउने श्री राधा माधव भजनस्थलीले जनाएको रथ यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने जहाँ स्थानीय संघ संस्थाका पदाधिकारी, स्थानीय प्रशासन, नागरिक समाजका अगुवा, धार्मिक व्यक्तित्व आम जनसाधारणको उपस्थिति रहने जनाइएको

 

श्री राधा माधव भजनस्थलीले सनातन धर्मको गौरवशाली परम्परामा स्थापित हुँदै जिल्ला प्रशासन कार्यालय झापामा दर्ता रही झापा गाउँपालिका मा मुख्य कार्यालय समेत स्थापना गरेको यसलाई परमपुज्य भक्ति शिद्धान्त दास ब्रम्हचारीले स्थापना गरेको कार्यक्रममा जानकारी दिइयो उनी जीवनभर ब्रम्हाचारी रहँदै आएका नेपालका वरिष्ठ बैष्णव भक्तका रुपमा परिचित छन्

श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मको एक महत्वपूर्ण तथा पवित्र पर्व हो   जसलाई भगवान श्रीकृष्णको जन्मदिनको रूपमा भव्य रूपमा मनाइन्छ भगवान श्रीकृष्णलाई विष्णुको आठौं अवतार पनि मानिन्छ धर्म, सत्य, प्रेम करुणाको प्रतीकका रूपमा उहाँको पूजा गरिन्छ गीता, महाभारत विभिन्न पुराणहरूमा कृष्णको दिव्य कर्म उपदेशको विशेष चर्चा गरिएको

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापामा वृहत पृथक कार्यक्रमको आयोजना गरिएको यो कार्यक्रममा सहभागीताका लागि आयोजक समितिले सबैलाई अनुरोध गरेको

सम्बन्धित समाचार