२०८३ बैशाख १८ गते , शुक्रबार

मेचीनगरमा एक महिला मृत फेला, पहिचान खुल्न बाँकी

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २५ गते , आईतबार
मेचीनगरमा एक महिला मृत फेला, पहिचान खुल्न बाँकी

बिर्तामोड । झापाको मेचीनगरमा एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । मेचीनगर नगरपालिका वडा नम्बर ७ सिद्धार्थ टोलस्थित पालिया खोलामा अन्दाजी ५०/५५ वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् ।
मृतकको हालसम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
आइतबार बिहान ९:३० बजे पालिया खोलामा घोप्टो परेको अवस्थामा फेला परेको उक्त शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका निमित्त प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डिएसपी खड्काले बताए ।

सम्बन्धित समाचार