२०८३ बैशाख १८ गते , शुक्रबार

जलाउन लागिएको शवको हड्डी र मासु बिक्री, एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २५ गते , आईतबार
जलाउन लागिएको शवको हड्डी र मासु बिक्री, एक जना पक्राउ

काठमाण्डौ पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको प्रहरीको प्रारम्भिक अनुमानशवबाट मासु हड्डी नकालेर मसान जगाउने अघोरी बाबालाई बेचिन्छ

मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो उनले अहिलेसम्म ठोस जजाफ दिएका छैनन् काभ्रेको बनेपा का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए

खबर पाउनासाथ प्रहरीले शुक्रबार नै उक्त शव दहन गर्ने घाटे ढकाललाई पक्राउ गरेर हिरासतमा राखेको हो तर, उनले अहिलेसम्म कसलाई किन उक्त मासुको टुक्रा दिएको भन्नेबारे केही नबताएको प्रहरी वृत्त, गौशालाका डीएसपी सुकदेव खनाल बताउँछन् तर, आफूले मासु नभएर हड्डी झिकेको ढकालले बताएका छन्

मानिसको शवबाट मासु हड्डी चोरी हुने घटनानै प्रहरीका लागि नयाँ हो यसमा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही अनुसन्धान गर्ने भन्नेमै अन्यौलता रहेको प्रहरीले बताएको डीएसपी खनालका अनुसार आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने भएको अनुसन्धानको निष्कर्षपछि कुन कानुनअनुसार कारबाही गर्ने भन्ने विषयमा कानुन व्यवसायी सरकारी वकिलसँग सल्लाह गरिने उनले बताए

घाटे गणेशले मृतक शाहीको शवबाट मासु झिकेर जोगीजस्तो देखिने व्यक्तिलाई पाँच सय रुपैयाँमा विक्री गरेको आरोप शाहीका मलामीले लगाएका छन् त्यसमध्ये सय रूपैयाँ सहयोगीलाई चार सय रुपैयाँ ढकाल आफैँले राखेको उनीहरुको आरोप तर, ढकालले पैसा लिएको कुरा स्वीकार गरेका छैनन्

अघोरी बाबासँगको मिलेमतोको आशंका

दहन भइरहेको शवबाट अंग झिकेर अरुलाई दिने कुरा सामान्य नभएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी चन्द्रकुवेर खापुङ बताउँछन् यद्यपि, यस्तो घटनाको अनुसन्धान कुन विधि, कानुन शैलीमा गर्ने भन्नेबारे अहिलेसम्म त्यस्तो कुनै योजना नबनेको उनले बताए

शुक्रबार पक्राउ परेका घाटेसँगको सोधपुछपछि अनुसन्धानरत एक प्रहरीका अनुसार त्यस्तो हुनुका पछाडि घाटे अघोरी बाबाबीचको साँठगाँठ हुनसक्छ कतिपय अघोरी बाबा मसान जगाउनका निम्ति मान्छेको हड्डी खेलाउने, रगत पिउने मासु खाने हुन्छन्

जीवित मानवबाट रगत मासु संकलन गर्ने कुरा सम्भव नहुँदा शवको मासु निकालिएको हुनसक्ने प्रहरीको अनुमान मानिसको नलीखुट्टाको हड्डी खेलाएर मसान जगाउने अघोरी बाबाले शव दहनको काम गर्ने घाटेसँग मिलेमतो गरेको अनुमान अनुसन्धानरत ती प्रहरीले गरेका छन्

सम्बन्धित समाचार