लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले मनायो ‘चार्टर डे’
बिर्तामोड । नेपालमा लायन्स क्लब गठन भएको दिनको अवसरमा बिर्तामोडमा ‘चार्टर डे’ मनाइएको छ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले ५५औँ चार्टर डे मनाएको हो ।
शनिबार बिर्तामोड–२ स्थित साङ्गवेद संस्कृत माविमा अध्ययनरत विद्यार्थीहरुलाई स्मार्ट लेडीले खाना खुवाएर चार्टर डे मनाएको हो ।
साङ्गवेदमा अध्ययनरत १८० जना विद्यार्थीलाई खाना खुवाएर चार्टर डे मनाइएको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी सचिव शिला भट्टराई बरालले जानकारी दिइन् । जन्म दिनको अवसरमा सुस्मिता उप्रेतीको सौजन्यमा कार्यक्रम गरिएको उनले बताइन् । स्मार्ट लेडीले विभिन्न अवसरमा सामाजिक काम गर्दै आएको छ ।
अध्यक्ष यशोदा उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लिला मैनाली, रिजन चेयर पर्सन पार्वता गिरी, जोन चेयर पर्सन शर्मिला जोशी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष छविलाल नेपाल लगायत स्मार्ट लेडीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।