२०८३ बैशाख १८ गते , शुक्रबार

बसको ठक्करबाट एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २४ गते , शनिबार
बसको ठक्करबाट एक जनाको मृत्यु

झापा बसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका बेलगाछीमा सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको चालक घाइते भएका छन्

बेलगाछी चोकस्थित पूर्वपश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे१ख २७९६ नम्बरको सुर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र ०२००४ ४२२४ नम्बरको केरा बोकेको सिटी सफारीलाई ठक्कर दिएको थियो

दुर्घटनामा गम्भीर घाइते भएका सिटी सफारीमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका बस्ने वर्ष ६१ का तुलसीप्रसाद गुरागाईको नोबेल अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो

दुर्घटनामा सिटी सफारीका चालक, सुनसरीको दुहबी नगरपालिका बस्ने वर्ष ४२ को बलबहादुर लिम्बु पनि गम्भीर घाइते भएका छन् उनको पनि नोबेल अस्पतालमा उपचार भइरहेको

बसमा रहेका अन्य यात्रुहरू भने सकुशल रहेका छन् प्रहरीका अनुसार, बसको तीव्र गतिका कारण दुर्घटना भएको हो दुर्घटनापछि प्रहरीले बस चालक, सुन्दरहरैँचा बस्ने ४२ वर्षीय लेप्चन साहलाई प्रहरीले नियन्त्रणमा लिएको

सम्बन्धित समाचार