२०८३ बैशाख १८ गते , शुक्रबार

सन्दकपुरको प्रशासकीय अधिकृतको रुपमा दिलकुमार लिम्बु आउँदै

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २३ गते , शुक्रबार
सन्दकपुरको प्रशासकीय अधिकृतको रुपमा दिलकुमार लिम्बु आउँदै

बिर्तामोड । इलामको सन्दपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा दिलकुमार लिम्बु आउने भएका छन् । सन्दकपुरमा कार्यरत यादव राउत अध्ययनको सिलसिलामा जापान जाने भएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा लिम्बु आउन लागेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना शाखा अधिकृतको सरुवा गर्दै लिम्बुलाई सन्दकपुरका लागि खटाएको जनाएको छ ।
त्यस्तै कुलराज पौडेललाई रघुगंगा गाउँपालिका म्याग्दी, चेतनारायण भण्डारीलाई जलजला गाउँपालिका पर्वत, राजिवकुमार झालाई बरियापट्टी गाउँपालिका सिरहा, लालवावु यादवलाई नरहा गाउँपालिका सिरहाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खटाइएको छ ।
रामप्रसाद शर्मालाई कैशाल गाउँपालिका मकवानपुर, एकनारायण भण्डारीलाई खनियावास गाउँपालिका धादिङमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको हो । उनीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार कामकाजमा खटाइएको हो ।
नरहा गाउँपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्रकुमार मण्डललाई जिल्ला समन्वय समितिको कार्यालय धनुषामा, कैशाल गाउँपालिका मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र खनियावास गाउँपालिका धादिङका प्रमुख प्रशासकीय अधिकृत छोईसाङ तामाङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार