व्यवसायी पाठकको जन्म दिनमा सरसफाई तथा वृक्षारोपण
बिर्तामोड । युवा व्यवसायी दिपेश पाठकले फरक शैलीमा आफ्नो जन्म दिन मनाएका छन् । बिर्तामोडस्थित क्वालिटी कम्प्युटरका सञ्चालक पाठकले विराटपोखरी परिसरमा सरसफाई गर्नुका साथै वृक्षारोपण गरेर जन्म दिन मनाएका हुन् ।

श्रीमती शुभ कुमाई पाठक र क्वालिटी कम्प्युटरका कर्मचारीहरु सहित विराटपोखरी पुगेका पाठकले ३० वटा लिचिका बिरुवा रोप्नुका साथै विराटपोखरी परिसर सरसफाई समेत गरेको विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका सचिव जगन्नाथ भट्टराईले जानकारी दिए । उनका अनुसार पाठकले सो क्षेत्रमा रहेका एक दर्जन बढी कुकुरलाई खाना समेत खुवाएका थिए ।
व्यवसायी पाठकले सोही अवसरमा विराटपोखरी परिसरमा सिसी क्यामेरा जडानका लागि फाइबर बिछ्याइदिने घोषणा समेत गरेका छन् ।
पाठकलाई विराटपोखरी सरोवर बहुउद्देशीय विकास समितिका सचिव भट्टराई तथा अध्यक्ष इन्द्र प्रसाई लगायतले जन्मदिनको शुभकामना दिएका थिए ।