२०८३ बैशाख १८ गते , शुक्रबार

दमकमा एक महिलासहित चार जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २३ गते , शुक्रबार
दमकमा एक महिलासहित चार जना पक्राउ

बिर्तामोड झापाको दमकमा एक महिलासहित चारजना पक्राउ परेका छन् प्रहरीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो

गएराति १० बजे दमक नगरपालिका वडा नं.  चियादोकान बस्ने पासाङ तामाङको घर कोठामा ब्राउनसुगर बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरमा तलासी लिँदा प्लाष्टिकसहित ११ ग्राम ३९० मिलिग्राम प्लाष्टिकबाहेक ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो

सो लागूऔषधसहित पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं.  चियादोकान बस्ने पासाङ तामाङकी श्रीमती २६ वर्षीया शितल भन्ने ज्योती राई तामाङ , कमल गाउँपालिका पाथिभरा टोल बस्ने २७ वर्षीय संजिब लिम्बू , सोही ठाउँका १८ वर्षीय बसन्त राई कमल शितल टोल बस्ने १८ वर्षीय सन्दिप धिमाल रहेका छन्

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार