२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडबाट जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २२ गते , विहीबार
बिर्तामोडबाट जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ बिर्तामोड-५ स्थित सरोज श्रेष्ठको घरबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले १२ बुङतास ताससहित १ लाख १४ हजार ५५५ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 
पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ गोलाखर्क घर भई हाल बिर्तामोड–५, धिमाल चोकमा बसोबास गर्दै आएका ३८ वर्षीय तीर्थराज तामाङ, इलाम देउमाई–१, बरबोटे घर भई अर्जुनधारा–११, बसपार्कका ३२ वर्षीय कुशल गुरुङ, ताप्लेजुङ पाथीभरा याङबरक–२, थेचम्बु घर भई बिर्तामोड–६, स्यालडाँगीका ४२ वर्षीय भूपालकुमार कटुवाल, पाँचथर हिलिहाङ–८, भारपा घर भई हाल बिर्तामोड–५, किराँत चोकका २९ वर्षीय मनकुमार कटुवाल, पाँचथर फिदिम–४, थापाटार घर भई बिर्तामोड–५, सगरमाथा टोलका ४९ वर्षीय हेमबहादुर थापा, झापा धरमपुर घर भई बिर्तामोड–५, बसपार्कका ५१ वर्षीय गोपाल श्रेष्ठ, पाँचथर लालीखर्क घर भई बिर्तामोड–६, बुट्टावारिका ३५ वर्षीय सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ–७ घर भई हाल बिर्तामोड–५, बसपार्कका ३५ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन्।
पक्राउ परेकोहरूका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार