बहुविवाहसम्बन्धी ल्याइन लागेको कानून रोक्न माग ज्ञापन पत्र
बिर्तामोड । सरकारले बहुविवाहसम्बन्धी ल्याउन लागेको कानून रोक्न माग गर्दै झापामा अन्तर पार्टी महिला सञ्जाल झापाले ज्ञापन पत्र बुझाएको छ । बहुविवाहसम्बन्धी ल्याइन लागेको कानून तत्काल रोक्न माग गर्दै सञ्जालले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
सञ्जालकी झापा अध्यक्ष गोमा भट्टराईको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत कानून मन्त्रालयलाई बोधार्थ राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ- 'नेपालको वर्तमान संविधानले महिलामाथि हुने सबैखाले विभेद अन्त्य गर्ने गरी बहुविवाहलाई पूर्ण बन्देज लगाइसकेको अवस्थामा मुलुकी अपराध संहितालाई संशोधन गरी बहुविवाहलाई प्रवेश दिने कार्य अगाडि नबढाउन आग्रह गरिन्छ ।'
सरोकारवाला संस्थामा आबद्ध सकृय महिलाहरूको उपस्थिति रहेको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले यथाशिघ्र सम्बन्धित ठाउँमा ज्ञापनपत्र पुर्याइदिने प्रतिबद्धता जनाएका थिए ।