२०८३ बैशाख १८ गते , शुक्रबार

स्मार्ट लेडी र वर्ल्ड व्युटीद्वारा मानसिक रोग सचेतना सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १८ गते , आईतबार
स्मार्ट लेडी र वर्ल्ड व्युटीद्वारा मानसिक रोग सचेतना सम्पन्न

बिर्तामोड युवा पुस्तामा हुनसक्ने मानसिक रोग (डिप्रेशन एन्जाइटी)को बारेमा बिर्तामोडमा सचेतना कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी वर्ल्ड व्युटीको संयुक्त आयोजनामा मानसिक रोगसम्बन्धि सचेतना सम्पन्न भएको हो

बिएण्डसी अस्पतालकी मानसिक रोग विशेषज्ञ डा. श्रद्धा भण्डारीले कार्यक्रममा सहजीकरण गरेकी थिइन् कार्यक्रममा १५० जनाको सहभागीता रहेको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् जसमध्ये वर्ल्ड व्युटीमा पार्लरसम्बन्धि विभिन्न कोर्ष गर्दै गरेका सय बढी विद्यार्थीहरुसमेत सहभागी थिए

मानसिक रोगका कारण युवाशक्तिमा समस्या आउन नदिन जनचेतना कार्यक्रम आयोजना गरिएको वर्ल्ड व्युटीका सञ्चालक भगवान बस्नेतले जानकारी दिए

बिर्तामोडस्थित आदर्श व्याङ्क्वेटमा सम्पन्न कार्यक्रममा वर्ल्ड व्युटीका वत्सल भट्टराई, लायन्स क्लबका डिस्ट्रीट चिफ पिआरओ सत्यनारायण शर्मा लगायत सहभागी थिए

सम्बन्धित समाचार