२०८३ बैशाख १८ गते , शुक्रबार

‘साम्बा’लाई सञ्चारिका समूहको सम्मान

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १८ गते , आईतबार
‘साम्बा’लाई सञ्चारिका समूहको सम्मान

झापा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीसाम्बालाई हेटौँडामा सम्मान गरिएको

सञ्चारिका समूह मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेकोदेश चिनाउने साम्बासँग हाम्रो चिनजान कार्यक्रममा उनलाई सम्मान गरिएको हो

सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको अध्यक्षता एवं हटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेण्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान  गरे

सम्मानपछि बोल्दै भण्डारीले आफूले धेरै मेहनत संघर्षपछि सफलता हासिल गरेको बताइन्। मोजाको भकुण्डोबाट आफ्नो फुटबल करियर सुरु भएको स्मरण गर्दै उनले अभावै अभावमा हुर्किएर यो स्थानमा आएको बताइन्

कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गरिन् नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उनको भनाइ थियो

फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उनले बताइन्

सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उनले प्रतिबद्धता जनाइन् कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राखिन्

सम्बन्धित समाचार