२०८३ बैशाख १८ गते , शुक्रबार

इलामका १०२ जनाले लिए आमाको नामबाट नागरिकता

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १७ गते , शनिबार
इलामका १०२ जनाले लिए आमाको नामबाट नागरिकता

झापा गत आर्थिक वर्ष २०८१/८२ मा इलामका एक सय दुई जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट गरी एक सय दुई जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन्

जसमध्ये सबैभन्दा बढी अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट ९७ जनाले नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् त्यस्तै  जिल्ला प्रशासन कार्यालयबाट तीन इलाका प्रशासन कार्यालय मंगलबारेबाट दुई जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको उनले बताइन्

बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता पाएको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रजिअ नेपालले जानकारी दिएकी हुन्

उनले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानुनी जटिलताले सो प्रकृतिका नागरिकता वितरण गर्न सहज भने नभएको बताइन् आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्तालगायत कुनै पनि कागजपत्रमा बुबाको नाम नखुलेको सन्तानलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको उनले बताइन्

बुवाको पहिचान नभएका, बुबा पत्ता नलागेका आमा मात्र भएका सन्तानका हकमा आमाको नागरिकता, वडा कार्यालयको सिफारिस, शैक्षिक योग्यतालगायत कागजपत्रका आधारमा आमाको नामबाट नागरिकता दिइँदै आएको उनले जानकारी दिइन्

बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनी व्यवस्था रहेकाले सोहीबमोजिम गरिँदै आएको भए पनि कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा नागरिकता वितरण गर्न नसकिएको प्रजिअ नेपालले उल्लेख गरिन्।

बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनले नै व्यवस्था गरेको ,’ प्रजिअ नेपालले भनिन्, ‘तर कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको हुनाले त्यस्तालाई भने नागरिकता वितरण गर्न सकिएको छैन

सम्बन्धित समाचार