२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा पूर्व जनमुक्ति सेनाले रोप्यो सयौ बिरुवा

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १६ गते , शुक्रबार
झापामा पूर्व जनमुक्ति सेनाले रोप्यो सयौ बिरुवा

झापा । जिल्लाको कमल गाउँपालिका–३ केर्खास्थित शहीद गेट आसपासमा  शुक्रबार जनमुक्ति सेनाका पूर्व कमाण्डर लगायत दुई सय बढीले विरुवा रोपेका छन् । जनमुक्ति सेना, १ नम्बर प्रदेश र जनयुद्ध प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा ५ हजार विरुवा रोपिएको थियो ।
‘रुख रोपी वन जंगल संरक्षण गरौं, जलवायु परिवर्तनबाट पृथ्वीलाई जोगाऔं’ भन्दै महान शहीदहरुको सम्झनामा विरुवा रोपिएको पूर्व ब्रिगेड कमाण्डर तथा प्रदेश नं. १ पार्टी संसदीय दलका नेता इन्द्र आङ्वो मौसमले जानकारी दिए ।
जनयुद्ध प्रतिष्ठान नेपालका अध्यक्ष विकास राई (संसार)का अनुसार भत्काइएको शहीद गेट नजिक जंगल र खोलाधारमा भाइरल सिरिष, अमला, रंग काठ, तेजपत्ता, आप र खोलाधार छेउमा बाँस लगाइएको थियो ।
सो क्षेत्रमा २०६३ सालमा काठको शहीद गेट र २०६४ सालमा ८ सय शहीदहरुको नामसहित मूल गेट तयार पारिएको थियो । सडक विस्तारको क्रममा उक्त गीत भत्काइएको छ। 
शुक्रबार रतुवामाई वृक्षरोपण आयोजना, जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा विरुवा रोपिएको जनयुद्ध प्रतिष्ठानका अध्यक्ष संसार (विकास राई)ले बताए ।
वृक्षरोपण कार्यक्रममा पूर्व ब्रिगेड कमिसार रमण तिम्सिनालगायत क्रमशः जनमुक्ति सेना कमाण्डर कुशल, असिम, संगीत, बलिदान, कान्छा लावती, सुनसान लामा, नेत्र जवेगु, सागर शेर्पा, प्रशान्त भण्डारी, कर्मा पुलामी, प्रकाश राई, अमृता लामा, चुलाचुली पार्टी अध्यक्ष न्युसन राई, सचिव प्रदिपकुमार श्रेष्ठ लगायत दुइ सय बढीले विरुवा रोपेको जनमुक्ति सेना प्रदेश नं. १ का अध्यक्ष नारद दुःखीले बताए ।

सम्बन्धित समाचार