२०८३ बैशाख १८ गते , शुक्रबार

उपप्रमुख संग्रौलालाई कारबाहीको माग

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १६ गते , शुक्रबार
उपप्रमुख संग्रौलालाई कारबाहीको माग

बिर्तामोड बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई कारबाहीको माग गरिएको सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्र हत्या गर्ने, अभद्र भाषा प्रयोग गर्ने तथा समाजमा भ्रम द्वेष फैलाउने काम गरेको भन्दै दुई राजनीतिक दलले उनलाई कारबाही गर्न माग गरेको हो

नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटी राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर कमिटीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी उपप्रमुख संग्रौलालाई कारबाहीको माग गरेका हुन्

बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौलाद्वारा सार्वजनिक पदको गरिमा विपरीत सामाजिक सञ्जालमार्फत जनप्रतिनिधि, राजनीतिक दलहरू, नागरिकसमाज तथा सर्वसाधारणप्रति गरिएको अपमानजनक टिप्पणी, अशिष्ट भाषा प्रयोग तथा निराधार आरोपहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको

एक जिम्मेवार पदाधिकारीबाट यस्तो व्यवहार हुनु अत्यन्तै खेदजनक निन्दनीय विषय हो उहाँले प्रयोग गरेका शब्दहरू केवल व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउनेमात्र नभई सामाजिक सद्भाव, राजनीतिक सहिष्णुता सार्वजनिक संस्थामाथिको जनआस्थामै चोट पुर्याउने खालका छन्

 

हामी सम्बन्धित निकायसँग तत्काल यथोचित छानबिन गराई कानूनी राजनीतिक तहमा आवश्यक कारबाही गरियोस् भन्ने माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको

माओवादी केन्द्रको तर्फबाट नगर अध्यक्ष मोहन सुब्बा राप्रपाको तर्फबाट नगर अध्यक्ष लक्ष्मी गौतमले हस्ताक्षर गरेका छन्

केहि दिन अघि नगरसभामा बिर्तामोड का जनप्रतिनिधीको उपस्थितीलाई लिएर एक जना व्यक्तिले लेखेको कमेन्टमा प्रतिक्रिया दिँदै उपप्रमुख संग्रौलाले बिर्तामोड का वडाध्यक्ष अजय कार्कीलाई लक्षित गर्दै नागरिकता बेचुवा भनेर लेखेका थिए उनले गरेको कमेन्टको बिषयमा बुधबार उपप्रमुखकै कार्यकक्षमा संग्रौला कार्की बिच तँ तँ परेको थियो

सोहि बिषयलाई लिएर बिहीबार बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले सामाजिक सञ्जालमा व्यक्तिगत अफवाह फैल्याउने, नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णत गर्न बन्द गर्न भन्दै जनप्रतिनिधीहरुलाई आग्रह गरेको

यता विज्ञप्ति जारी गरे पश्चात माओवादी केन्द्र तथा राप्रपाका नेता कार्यकर्ताहरुको एक समूहबिर्तामोडका अराजक उपमेयरलाई कारबाही गर, सत्ताको आडमा दादागिरी बन्द गर, सामाजिक सञ्जालको दुरुपयोग बन्द गर…..’  जस्ता नारा लगाउँदै नगरपालिकाको गेटमा पुगेपछि त्यहाँ तैनाथ नेपाल प्रहरी शसस्त्र प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएको थियो उपप्रमुखलाई कालोमोसो दल्ने हल्ला चलेपछि विहानै देखि नगरपालिकाको गेटमा बाक्लो संख्यामा नेपाल प्रहरी शसस्त्र प्रहरीको डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो

सम्बन्धित समाचार