२०८३ बैशाख १८ गते , शुक्रबार

मेचीनगर स्कूल भ्यान दुर्घटना, १८ विद्यार्थी घाइते

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १६ गते , शुक्रबार
मेचीनगर स्कूल भ्यान दुर्घटना, १८ विद्यार्थी घाइते

बिर्तामोड । मेचीनगरमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना भएको छ । मेचीनगर–९ खुट्टिडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको गाडी आज बिहान साढे ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा १८ जना विद्यार्थी घाइते भएका छन् ।
विद्यार्थी बोकेको उक्त भ्यान स्थानीय टिमाई खोल्सीमा खसेको हो । घाइते विद्यार्थीलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल धुलाबारीस्थित आम्दा मेची अस्पताल पठाइएको थियो ।
जसमा चालकसहित ६ जना घाइते विद्यार्थीलाई थप उपचारका लागि बिर्तामोडस्थित विएन्डसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । अन्य विद्यार्थीको भने आम्दामै उपचार भइरहेको छ ।

सम्बन्धित समाचार