२०८३ बैशाख १८ गते , शुक्रबार
एक झापाली युवाको कुवेतमा मृत्यु
शनिश्चरे । केही दिन अघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाका एक युवाको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका–३ का २५ बर्षिय युवा अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
करिव एक बर्षअघि वैदेशिक रोजगारका लागि कुवेत पुगेका अभिक्षितको कोठामा सुतैकै स्थान मृत्यु भएको उनका भिनाजु प्रदीप पुरीले जानकारी दिए । उनका अनुसार राजदुतावसमा जानकारीपछि उनको शव चाँडै नेपाल ल्याउने बिषयमा कानुनी प्रक्रियाको काम भइरहेको छ ।
कैयन नेपालीहरुले खाडी मुलुकमा सुतेकै ठाउँमा ज्यान गुमाउने गरेका छन् ।