२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडको बेतिथी विरुद्ध तीन दल एक जुट, नसच्चिए आन्दोलन गर्ने

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १५ गते , विहीबार
बिर्तामोडको बेतिथी विरुद्ध तीन दल एक जुट, नसच्चिए आन्दोलन गर्ने

बिर्तामोड झापाको बिर्तामोड नगरपालिकामा भएका बेतिथी, विकृति विसंगती विरुद्ध तीन दल एक जुट भएका छन् बेतिथी विरुद्ध सामूहिक आवाज उठाउन प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी एक जुट भएका हुन्

बुधबार बसेको तीन दलको बैठकले बिर्तामोड क्षेत्रमा भएका भ्रष्टाचार, बेतिथी विसंगतीहरुका बारेमा अध्ययन गरी सार्वजनिक गर्ने, त्यस्ता कार्यहरु तत्काल सच्याउन माग गर्ने माग सुनुवाई नभए आन्दोलनको कार्यक्रमसमेत गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले जानकारी दिए तत्काल तीन दलको पदाधिकारी बैठक बस्ने वडातहबाटै भए गरेका बेतिथीहरु संकलन गरी जनतामाझ लैजाने, सम्बन्धित पक्षलाई सच्चिन सच्याउन आग्रह गर्ने त्यति गर्दापनि नभए चरणबद्ध आन्दोलन घोषणा गरिने उनले बताए

बैठकमा राप्रपा क्षेत्र नम्बर अध्यक्ष शंकर रिजाल, नगर अध्यक्ष लक्ष्मी गौतम, सचिव विनोद आचार्य, रास्वपा नगर अध्यक्ष दिपक दाहाल, सदस्यहरु महेन्द्र थापा, नेत्र चौलागाई, माओवादी केन्द्र नगर सचिव जगन्नाथ भट्टराईलगायत सहभागी थिए

सम्बन्धित समाचार