२०८३ बैशाख १८ गते , शुक्रबार

जलेश्वरधाममा ‘उत्सव मा रोट्र्याक्ट’ सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १४ गते , बुधबार
जलेश्वरधाममा ‘उत्सव मा रोट्र्याक्ट’ सम्पन्न

बिर्तामोड । रोट्र्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले सामाजिक सेवाप्रति आफ्नो निरन्तर समर्पण पुनः पुष्टि गर्दै ‘उत्सव मा रोट्र्याक्ट को तेस्रो संस्करण अर्जुनधारा नगरपालिका स्थित जलेश्वरधाममा सफलतापूर्वक सम्पन्न गरेको छ । यो कार्यक्रम आध्यात्मिक रूपमा प्रेरणादायी तथा सेवा–केन्द्रित गतिविधिका रूपमा आयोजना गरिएको थियो ।

बिहान ४ः३० बजे देखि ११ः४५ बजेसम्म संचालन गरिएको यस सेवात्मक अभ्यासको उद्देश्य श्रावण महिनाको पवित्र अवसरमा मन्दिरमा आएका हजारौं भक्तजनलाई सहज बनाउनु थियो । क्लबका समर्पित सदस्यहरूको संयुक्त प्रयासबाट तीर्थालुहरूलाई आवश्यक राहत र सहयोग प्रदान गरिएको सचिव रोट्र्याक्टर सौम्य शर्माले जानकारी दिए ।

शर्माका अनुसार कार्यक्रम अन्तर्गत बिहान १५०० भन्दा बढी दर्शनार्थीहरूलाई तातो चिया, २०० लिटरभन्दा बढी चिसो पानी तथा वाइल्ड मिस्ट पेय पदार्थ वितरण गरिएको थियो ।

पूरै कार्यक्रम बिर्तामोड मिडटाउन रोट्र्याक्ट क्लबको एकल आयोजनामा सम्पन्न भएको हो । जसमा २५ जना रोट्र्याक्टरहरूको सक्रिय सहभागिता रहेको थियो । सचिव रोट्र्याक्टर शर्माले भने, ‘उत्सवमा रोट्र्याक्ट जस्ता कार्यक्रमहरूले हाम्रो क्लबको निःस्वार्थ सेवा र आध्यात्मिक सम्बन्धका मूल्यमान्यतालाई प्रतिबिम्बित गर्छन् । हामी यस अर्थपूर्ण परम्परालाई निरन्तरता दिन पाउँदा गर्वित छौं र सदस्यहरूले देखाएको समर्पणले हामीलाई प्रेरित बनाएको छ ।

कार्यक्रममा सामुदायिक सेवा निर्देशक रोट्र्याक्टर देव शर्मा, रोट्र्याक्टर दिनेश खतिवडा, रोट्र्याक्टर मिनेश अग्रवाल, रोट्र्याक्टर पियूष खेतानले स्पोन्सर गरेका थिए ।

सम्बन्धित समाचार