२०८३ बैशाख १८ गते , शुक्रबार
अध्यक्ष शिवाकोटीलाई पितृशोक
मेचीनगर । नेकपा (माओवादी केन्द्र) मेचीनगर-१४ का अध्यक्ष हेमकुमारी शिवाकोटी उप्रेतीलाई पितृशोक परेको छ । अध्यक्ष शिवाकोटीका बुवा मेचीनगर-१४ निवासी टंकप्रसाद शिवाकोटीको ६४ वर्षको उमेरमा साउन १३ गते निधन भएको हो ।
उच्च रक्तचापका कारण शिवाकोटीको निधन भएको परिवारले जनाएको छ ।
घाँस काट्ने क्रममा ढलेका ६४ वर्षीय शिवाकोटीलाई सोमबार उपचारका लागि बिएण्सी अस्पताल पुर्याइएको थियो । सघन कक्ष (आइसियु) मा राख्नेक्रममै मस्तिष्कमा रगतको मात्रा बढेसँगै थप उपचार सम्भव नहुने चिकित्सकको सल्लाहअनुसार राति नै घर फर्काइएको थियो । उनको मंगलबार बिहान ५:२७ मिनेटमा निघन भएको थियो ।